१. परिचय/पृष्ठभूमि:
रोजगारी वा अन्य कारणले प्रवासबाट आफ्नों उत्पत्ति भूमिमा फर्केकाहरु रिटर्नी माइग्रेन्ट हुन् । उनीहरुले प्रवासमा रहँदा आफ्नो पारिवारिक संरक्षण, सन्तानको शिक्षा, स्थायी संपत्तिको खरिद, व्यापार, लगानी वा अन्य कुनै रुपमा नेपालमा विप्रेषण भित्र्याए । यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुको अतिरिक्त शिक्षा, स्वास्थ्य, जीवनस्तर तथा शहरीकरणको विकासजस्ता संबृद्धिका सूचांक बृद्धिमा सहयोग पुगेको छ । मिहिनेत गर्ने बानी परेका यी रिटर्नीहरुको प्रवासमा रहँदाको विप्रेषणको जति महत्व छ, त्यो भन्दा बढी फर्केपछिको सीप र जाँगरमा देशको मुहार फेर्ने दृढ इच्छाशक्ति पाइन्छ । समयान्तरले उनीहरुको सोच र स्वदेशमा भएका परिवर्तनबीचको समायोजनमा रिक्तता रहेकोछ । उनीहरुको ज्ञान, सीप र जाँगरको समुचित व्यवस्थापन तथा नेपालमा रहेका अवसर र चुनौतिबीच समन्वय गर्दै पुनस्र्थापना कार्यमा सहयोग पुर्याउन एउटा सहयोगी संस्थाको आवश्यकता महसुस गरियो । फस्वरुप वैदेशिक रोजगारबाट फर्केकाहरुकै अग्रसरतामा रिटर्नी माइग्रेन्ट नेपाल नामको गैह्रनाफामूलक संस्थाको स्थापना भएको हो ।
प्रवासमा रहेकै अवस्थामा, फर्कदै गर्दा र फर्केपछि नेपालमा पूनस्र्थापनाकोलागि सहयोग गर्ने मूल लक्ष्य लिएर रिटर्नी माइग्रेन्ट नेपालको स्थापना भएको हो ।
बैदेशिक रोजगारबाट फर्केकाहरुलाई राज्यको नीति, कार्यक्रम र योजनास“ग जोड्ने मूलविन्दुको रुपमा २०७५ असार २७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिभिन्न ६३ जिल्लामा रहेका १ हजारभन्दा बढी रिटर्नी माइग्रेन्टहरुको सहभागितामा पूर्व प्रवासी श्रमिकहरुको राष्ट्रिय भेला‒२०७५ आयोजना गरियो । तात्कालीन श्रम तथा रोजगार, युवा तथा खेलकुद मंत्री सहित अन्य सरकारी विशिष्ट पदाधिकारीहरुको सम्बोधन र नेपाल सरकारले पूनर्थापना कार्यकोलागि सहयोगी संस्थाको रुपमा अंगीकार गरेको सो ऐतिहासिक अवसरलाई शुभारम्भ बिन्दू मान्दै देश विकासको मूलप्रवाहमा प्रवासी नेपालीहरुलार्ई जोड्ने अवसरको रुपमा रिटर्नी माइग्रेन्ट नेपाल नामक संस्थाको स्थापना भयो ।
२. शाखा⁄संजाल
२०७५ श्रावण २३ गते बैधानिक तथा कानुनी मान्यता प्राप्त गरेको यस संस्थाको स्थापनाकालको तेश्रो बर्षसम्ममा आइपुग्दा नेपाल अधिराज्यका सातवटै प्रदेशमा प्रदेश कमिटी तथा ३५ जिल्लामा जिल्ला कमिटी रहेका छन् । त्यस्तै विदेशमा (युएइ, कतार, साउदी अरेबिया, ओमान, कुवेत, बहराइन, मलेसिया) समेतमा सम्पर्क संजाल ९ीययकभ ल्भतधयचप० रहेको छ । आगामी २ बर्षभित्र ७७ वटै जिल्लामा शाखा विस्तार तथा स्थानीय तहमा समेत संजाल विस्तारको योजना संस्थाले लिएको छ ।
३. उद्धेश्यः
क. प्रवासबाट फर्केकाहरुको तथ्यांक राख्ने ।
ख. रिटर्र्नीहरुको सीप, क्षमता, अनुभव र पूँजीको उपयोगकोलागि नीति र कार्यक्रम निर्माण गर्न नियामक निकायसँग सहकार्य गर्ने ।
ग. अभिमुखिकरण कार्यक्रम तथा सीपमुलक तालिम संचालन गर्ने ।
घ. रिटर्र्नीहरुलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्थागर्न निजि तथा सरकारी निकायसँग पहल गर्ने ।
ड. राज्यले रिटर्र्नीहरुलाइ उपलब्ध गराउने सेवा, सुबिधा तथा सहुलियतका बारेमा सूचना उपलब्ध गराउने।
च. वैदेशिक रोजगारीको क्रममा वा आन्तरिक वा वैदेशिक रोजगारको आवरणमा भैरहेको मानव विचविखन, महिला हिँसा, करिया प्रथा, घरेलु कामदारको शोषण जस्ता अमानवीय कार्यको बिरुद्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल मार्फत वकालत गर्ने ।
छ. रिटर्र्नीहरुको सामाजिक, आर्थिक पूनस्र्थापनामा सहयोग गर्ने ।
ज. रिटर्र्नीहरुको सीप, अनुभव र पूँजीको एकिकृत परिचालनमार्फत स्वरोजगार श्रृजनाका निम्ति सामुहिक लगानीमा प्रोत्साहन गर्ने ।
४. संगठनात्मक संरचना:
क) केन्द्रिय कार्यसमितिः अभियानकर्ता उत्तमअधिकारीको अध्यक्षतामा सँस्थाको २७ सदस्यीय एक केन्द्रिय कार्यसमिति रहेको छ । त्यसैगरी सामूहिकलगानी परामर्श समिति, कृषि सहकारी समिति लगायतका उपसमितिहरु केन्द्रमा कार्यरत छन् ।
ख) प्रदेश समिति: बढीमा १५ सदस्य रहने प्रदेश कमिटीका संयोजकहरुमा: गोकुलबहादुर थापा (प्रदेश १), युवराज न्यौपाने –प्रदेश २), नेत्र नारायण थनेत (गण्डकी प्रदेश), कृष्ण प्रसाद भुसाल (प्रदेश ५), गगन कार्की (कर्णालीप्रदेश), चेत बहादुर थापा सुदुर पश्चिम प्रदेश) रहेका छन् ।
ग) जिल्ला शाखा समिति: देहायका प्रदेशमा जिल्ला शाखा समितिहरु सक्रिय छन् :
५. उपलब्धी:
क) श्रम रोजगार ताथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा बैदेशिक रोजगारबाट फर्केका एक हजार भन्दा बढि रिटर्नी माइग्रेन्टलाई वैदेशिक रोजगार बोर्डको सहकार्यमा वित्तीय साक्षरता तालिम सम्पन्न ।
ख) सहुलियतपूर्ण कर्जा संबन्धि कार्यविधिलाई सरलीकरण गर्न राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, बैंकर्स एसोसिएसन, बैदेशिक रोजगार बोर्डको सचिवालय लगायत सरोकारवालासँगको छलफलपछिको प्रतिफल स्वरुप कार्यविधि संसोधन ।
ग) बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई उद्यमशीलता मार्फत स्वरोजगारमा अघि बढाउन बिना धितो अधिकतम १० लाख सम्मको सहुलियतपूर्ण कर्जा संस्थाको सिफारिसमा प्रवाह गर्ने गरी एन.एम.बि. बैंक, राष्ट्रिय युवा परिषद र रिटर्र्नीमाइग्रेन्ट नेपालबीच २०७७ बैशाख २४ मा त्रिपक्षीय संझौतापछि रिटर्नी युवाहरु लाभान्वित भैरहेका ।
घ) बैदेशिक रोजगारबाट फर्केका तथा उद्यमगर्न तयारी गरिरहेका सातै प्रदेशका एक‒एक पालिकाका युवाहरुलाई सात दिने उद्यमशीलता बिकाश तथा वित्तीय साक्षरता तालिम सम्पन्न ।
ड.) गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा रिटर्नी माइग्रेन्ट नेपालद्वारा स्वदेशमै स्वरोजगार बन्नकालागि आयोजित परामर्श कार्यक्रममार्फत २५० महिला सहित करीब २५०० जना लाभान्वित भएका ।
च) बैदेशिक रोजगारबाट फर्केका युवाहरुको सामुहिक लगानीकार्यलाई प्रोत्साहनगर्न रिटर्र्नी कृषि तथा पशुपालन समुह लि. द्वारा नवलपुरको कावासोतीमा ३००० मेट्रीकटनको चिस्यान केन्द्र निर्माणको प्रकृयामा रहेको छ । जसमा नेपाल सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत र बैदेशिक रोजगारबाट स्वदेश फर्केका २०० जनायुवाहरुको ३० प्रतिशत लागत रहेको छ ।
छ) काठमाडौं महानगरपालिका अन्तरगत विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार संचालन गरी कामपा, कृषि बिभाग र रिटर्र्र्र्नी माइग्रेन्ट नेपालबीचको आपसी सहकार्य र समन्वयमा अस्थायी तरकारी बजारको ब्यबस्थापन ।
ज) शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको सिकाईसँगै कमाई कार्यक्रम अन्तर्गत सुदुर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा ३९० घण्टे च्याउ खेति र बाख्रापालन तलिम मार्फत ४० जना रिटर्नी युवाहरुलाई उद्यमशिलतामा अग्रसर गराईएको ।
झ) संस्थागत रुपमा रिटर्र्नीहरुले सामुहिक लगानीका परियोजना शुरु गरेका छन् । विभिन्न क्षेत्रमा कृषि तथा पशुपंक्षीपालन परियोजनालाई पर्यटन स“ग जोडेर अघि बढाइएको छ ।
ञ) राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा माइग्रेसन ल्याब नामक सँस्था मार्फत रिटर्नी माईग्रेन्ट नेपालले एक हप्तामा सातै प्रदेशका १००० रिटर्नी माईग्रेन्टहरुको तथ्यांक संकलन गरि बुझाएको ।
ट) UNDP Skills सँगको सहकार्यमा मधेश प्रदेश र लुम्बिनि प्रदेशका बिभिन्न १२ वटा जिल्लाका १५०० जना बैदेशिक रोजगारबाट फर्केकालाई २२ वटा इभेन्ट मार्फत एक दिवसिय करिअर काउन्सिलिँङ प्रदान गरिएको ।
ठ) University of Singapore and RWTCH Aachen University in Germany को सहयोगमा सम्बृद्धि फाउण्डेसनसँगको सहकार्यमा बैदेशिक रोजगारबाट फर्केर बागमति प्रदेशमा बसोबास गर्ने १००० रिटर्नी माईग्रेन्टहरुसँग रिसर्च कार्यक्रमको लागि सम्झौता भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको ।
ड) UNDP Skills को सहयोग, राष्ट्रिय युवा पषिदको समन्वय र रिटर्नी माईग्रेन्ट नेपालको सञ्चालनमा प्रदेश २, कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेशमा कोभिड १९ महामारीका कारण बैदेशिक रोजगारी गुमाई स्वदेश फर्केकाहरुको तथ्यांक संकलन सम्पन्न । ( २०७८)
ढ) अष्ट्रेलियको एक बिश्वबिद्यालय र रेस्टलेस डेभलपमेन्ट सँस्थासँगको सहकार्यमा कोभिडले पारेको नकारात्मक असर बारे केहि रिटर्नी माईग्रेन्टहरुसँग एक अध्ययन सम्पन्न । (२०७८ भाद्र)
ण) UNDP Skills को सहयोग, राष्ट्रिय युवा पषिदको समन्वय र रिटर्नी माईग्रेन्ट नेपालको सञ्चालनमा मधेश प्रदेश र लुम्बिनि प्रदेशका २१ वटा स्थानिय तहमा बैदेशिक रोजगारी गुमाई स्वदेश फर्केकाहरुको तथ्यांक संकलन, उनिहरुको प्रोफाइल निर्माण । ( २०७८)