पाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस २०८० को अवसर तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाबाट १६ जना सम्मानित भएका छन् ।
दिवसका अवसरमा जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।
वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी , राष्ट्रिय खेलाडी ६ जना , पत्रकारिता तथा सञ्चार जगतमा दुइ जना र शिक्षाप्रेमी तथा समाजसेवी दुइ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् ।
पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पु¥याएको योगदान बापत् बुद्ध दर्शन टेलीभिजनकी समाचारदाता यामु कुमाल र मुकुन्दसेन टेलिभिजनका अशिफ गुरुङ सम्मानित भएका छन् ।