event
रिटर्नी माईग्रेंट नेपालको छैठौ स्थापना दिवसमा

रिटर्नी माईग्रेंट नेपालको छैठौ स्थापना दिवसमा

“प्रवास बाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशको लागि” भन्ने मुल नाराका साथ् २०७५ सालमा स्थापित रिटर्नी माइग्रेंट नेपालको छैठौ स्थापना दिवस भब्यताको साथ सम्पन्न भएको छ। 

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माइग्रेट नेपालको छैठौ स्थापना दिवस काठमाडौंमा सम्पन्न भएको छ। मंगलबार काठमाडौंको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा भएको रिटर्नी माइग्रेट नेपालको स्थापना दिवसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले छैठौ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन्। उनले बिदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुँजीलाई राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिदै स्वदेशमा नै केहि गर्नु पर्छ भनेर लागेकालाई राज्यले पनि सहयोग गर्ने बताए । उनले राष्ट्र निर्माणको महाअभियानमा रिटर्नीजहरुको साथ आवश्यक पर्ने बताए ।

कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका उपाध्यक्ष ऋषि बस्यालले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी उक्त स्थापना दिवसको अवसरमा अतिथिहरुको रुपमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेत, माधव ढुंगेल, सामाजिक अभियान्ता प्राध्यापक डा।सुरेन्द्र केसी, युवा अभियान्ता हिमाल शर्मा, पूर्व राजदुत रमेश प्रसाद खनाल, मुकुन्द मनी खनाल,लोक गायिका सत्यकला राई लगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।